प्रधानमन्त्री अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित, ‘सगरमाथा संवाद’को उद्घाटन उप-प्रधानमन्त्रीले गरे



२६ माघ २०७६, काठमाडौं

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आइतबार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको छ।

नेकपाको पार्टी एकता प्रक्रिया टुंग्याउन आइतबार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने भनिएको थियो।

तर, प्रधानमन्त्री ओलीलाई आराम गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा महासचिव विष्णु पौडेलले बताए। स्वास्थ्यमा कस्तो खालको समस्या भएको भन्नेबारे भने खुलाइएको छैन।

आजको बैठक तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार बिहान छलफल भएको थियो।

स्वास्थ्यले साथ नदिएको भन्दै प्रधानमन्त्री ओलीले नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ कार्यक्रम पनि उद्घाटन गरेनन्।

दरबरमार्गस्थित याक एन्ड यति होटलमा सरकारले आयोजित ‘सगरमाथा संवाद’ राष्ट्रिय सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे।

प्रतिक्रिया दिनुहोस्