दुलहीलाई दिए ३६५ जोर गन्हाउने मोजा उपहार



२६ माघ २०७६, काठमाडौं

विवाहको समयमा दुलहा–दुलहीलाई उपहार दिने चलन भने पहिले देखिनै चली आएको चलन हो।

यस्तै, अचम्मको चलन चीनमा पनि भएको छ। जहाँ पहिलो पटक विवाह गरेर श्रीमानको घरमा गृह प्रवेश गरेकी दुलहीलाई दुलहाको परिवाले दुलहाको ३६५ जोर गन्हाउने मोजा उपहार दिइएको छ।

मोजा उपहार दिनु ठिक्कै हो तर लगाई सकेको मोजा दिनु भनेको कुनै साधारण कुरा होइन।

वास्तबमा गत वर्ष ती युवतीले आफ्नो प्रेमीलाई जन्मदिनमा ३६५ जोर मोजा उपहार दिएकी रहीछिन्। र यस वर्ष युवतीले आफ्नो प्रेमीसँग विवाह गरिन्।

जसले गर्दा सोही ३६५ जोर मोजा दुलहाले लगाई राखेर धुन दिइयो। ती दुलही जसलाई त्यो गन्हाउने मोजा धुन दुई दिन लाग्यो।

प्रतिक्रिया दिनुहोस्