यी एजेन्डासहित बस्दै तिनिधिसभा बैठक



२६ माघ २०७६, काठमाडौं

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आइतबार (आज) बस्दैछ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको निमित्त महासचिव गोपालनाथ योगीले जनाएका छन्।

बैठमा ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘प्रमाण (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने र कृषि सहरकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्नेलगायत कार्यसूचीमा उल्लेख छ।

प्रतिपक्षी दल कांग्रेसले गत बिहीबार र शुक्रबार अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्