
२५ माघ २०७६, काठमाडौं
भारतको बिहारमा एक अनौठो घटना घटेको छ।
एक ७ महिनाकी बालिकाको पेटबाट चिकित्सकहरुले ८ महिनाको मृत बच्चा निकालेका छन्।
चिकित्सकहरुले लाखौं व्यक्ति मध्ये एकमा यस्तो समस्या देखिने बताएका छन्।
बिहारको बक्सर जिल्लाका मोहम्मद माइद्दीनले आफ्नी ७ महिनाकी छोरीको पेट दुखेको गुनासो लिएर अस्पताल पुगेका थिए।
बालिकालाई अस्पतालले भर्ना गर्यो। सिटीस्क्यान गरेर हेर्दा बालिकाको पेटमा भू्रण देखियो। बालिका ७ महिनाकी थिइन्।
बालिकाको शल्यक्रिया गर्न एक महिना लाग्यो। आइतबार चार जनाको टोलीले बालिकाको शल्यक्रिया गरेर ८ महिनाको मृत भू्रण निकाल्यो।
बालिकाको जन्म हुँदा पेटमा एउटा डल्लो थियो। त्यो बिस्तारै बढ्दै गएको थियो।
बिस्तारै बालिकाले पिसाब फेर्नसमेत समस्या भयो। त्यसपश्चात् उनलाई बुवाले अस्पताल लगे। चिकित्सकले अप्रेशन गर्ने सल्लाह दिए।
पटनाका बालरोग विशेषज्ञ डा. प्रदीप नन्दनले बालिकालाई एक महिना पहिले भर्ना गरिएको र शल्यक्रियापश्चात् अवस्था सुधार हुँदै गएको बताए।
भु्रणमा हात, खुट्टा सबै बिकास भैसकेका थिए। तर बच्चा भने मरेको थियो।





