आन्धधुन्ध गोली चल्दा १० जनाको ज्यान गयो



२५ माघ २०७६, काठमाडौं

थाइ सिपाहीको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको ज्यान गएको छ।

थाइल्याण्डको नखोन रचसिमा प्रान्तमा शनिबार यस्तो घटना भएको हो। घटनास्थलमा प्रहरी र सेना परिचालन गरेको बताइएको छ।

प्रहरी प्रवक्ता क्रिस्साना पट्टानचरोनका अनुसार गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिँदैछ। प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्तिको उद्देश्य खुलेको छैन।

यसबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। साथै प्रहरीले उनी दोस्रो सैन्य क्षेत्रीय कमाण्डका सिपाही रहेको बताएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्