विनायक स्कूललले हात पार्यो चौथो प्याब्सक अन्तर-विद्यालय फुटसल



२५ माघ २०७६, काठमाडौं

चौथो प्याब्सक अन्तर–विद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि विनायक स्कूललले हात पार्न सफल भएको छ ।

चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा भएको फाइनल खेलमा विट्स एकेडेमीलाई ६–२ गोल अन्तरले पराजित गर्दै विनायक विजेता बन्न सफल भएको छ भने विट्स एकेडेमी उपविजेता बनेको छ ।

यस्तै तेस्रो स्थानको लागि भएको खेलमा सगरमाथाले ३–१ गोल गर्दै पुस्पलाल पराजित बनेको पुष्पलाल चौथो हुन पुगेको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी विट्सका अशोक मगर, सर्वाधिक गोलकर्ता पुष्पलालका रोशन थापा यस्तै उत्कृष्ट किपर विनायकका युवराज गोर्खाली र डिफेन्डर विनायककै सतिश थापा भएका छन् । इमर्जिङ खेलाडी विट्सका रिशोप प्रधान र उत्कृष्ट प्रशिक्षक आनन्द क्षेत्री चुनिए ।

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगिताका विजेतालाई प्रमुख अथिति तथा बागमती प्रदेशका संसद नरोत्तम बैद्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

तियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः रू १०, रू आठ, रू सात र रू पाँच हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्