लिबर्टी अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन



२५ माघ २०७६, काठमाडौं

लिबर्टी एकेडमीको अन्तर विद्यालय स्तरीय जिल्लाब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्रछात्रा फुटबल प्रतियोगिता उद्घाटन भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा शुरु भएको प्रतियोगिताको उद्घाटन गोकर्णेश्वर नगरपालिका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष मनोजकुमार ढुंगानाले गरेका छन् ।

अत्तरखेल शिवपुरी चोक स्थित खेल मैदानमा शुरु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता लिबर्टी कलेजका प्रिन्सिपल तथा निसानका केन्द्रीय अध्यक्ष ओम प्रसाद ढकालले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नगरपालिका प्रवक्ता उवं वडाध्यक्ष मनोजकुमार ढुंगानाले विभिन्न खेल खेल्दा विद्यार्थीहरु शारीरिक रुपमा स्वास्थ्य नभएसम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारण पनि विभिन्न खेल प्रतियोगिता गर्न आवश्यक रहेको बताए । प्रवक्ता ढुंगानाले भने, ‘‘खेलकुदको माध्यमबाट  खेलाडीले अन्तराष्ट्रिय स्तरमा आफूलाई चिरपरिचीत गराउन सकिन्छ’ त्यसैले खेलकुद महत्वपूर्ण हुन्छ ।

मन्तब्य राख्दै प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठले लिबर्टी स्कुलले विद्यार्थीहरुको खेल प्रतिको अभिरुचिलाई मध्यनजर गर्दै फुटबल प्रतियोगिता आयोजना गर्नु खुसीको कुरा रहेको बताए । प्याब्सनले बिद्यार्थी को गुणस्तरीय शिक्षा संगै बिद्यार्थीलाई चाहिने चौतर्फी विकासको बारेमा सोच्दै आएको जानकारी गराए ।

कार्यक्रमका सभापति लिबर्टी कलेजका प्रिन्सिपल तथा निसानका केन्द्रीय अध्यक्ष ओम प्रसाद ढकालले खेलकुदलाई शिक्षाको महत्वपूर्ण अंगको रुपमा लिइएकोले विद्यालयले दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्ररछात्रा फुटबल प्रतियोगिता आयोजना  गरेको स्पस्ट पारे । उनले खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्न प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

कुल ३५ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र तर्फ २७ र छात्रा तर्फ १४ वटा टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो छात्रा तर्फको  उद्घाटन खेल आयोजक लिबर्टी एकेडमी र लर्ड्स लाइट एकेडमी बीच भएको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा आयोजक लिबेर्टी एकेडेमीले लर्ड्स लाइट एकेडेमीलाइ १–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

त्यसै गरि छात्र तर्फ को पहिलो खेल श्रीयन्त्र स्कुल र केब्स एकेडेमी बीच भएको खेलमा श्री यन्त्र स्कुलले केब्स एकेडेमीलाइ २–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

लिबर्टी एकेडेमी प्लस टु मुख्य  प्रायोजक रहेको सो प्रतियोगितामा छात्र र छात्रा तर्फका दुवै टिमका प्रथम स्थान हाँसिल गर्नेले नगद पुरस्कार रु २० द्वितिय हुने टिमले नगद रु १० हजार, तृतीय हुने टिमले नगद पुरस्कार रु ५ हजार सहित हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ समेत ट्रफीको व्यवस्था गरिएको कार्यक्रम संयोजक दिनेश राइले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्