बस र जीप एकआपसमा ठोक्किँदा एकको मृत्युः ६ घाइते



२५ माघ २०७६, काठमाडौं

नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जीप चालक राजकुमार चौधरीको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले दुर्घटनामा गम्भीर घाइते बाँके बैजनाथ गाउँपालिका–२ निवासी चौधरीको शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको बताए।

दुर्घटनामा जीपका सहचालक मनोज चौधरी सहित अन्य ६ जना सामान्य घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्