‘पार्टीगत रुपमा कसैलाई मुद्दा लगाइएको छैन’



२४ माघ २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा पार्टीगत रुपमा कसैलाई पनि मुद्दा नलगाइएको बताएका छन्।

शुक्रबार (आज) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गरेका उनले दोषी कसैले पनि उन्मुक्ति दिन नमिल्ने बताउँदै कसैलाई पनि पार्टीगत रुपमा मुद्दा नलगाइएको बताएका हुन्।

“कुनै बाटो बनाउने विषयमा निर्णय गरिन्छ। यदि बाटो बनाउँदा भ्रष्टाचार भयो भने बाटो बनाउन निर्णय गर्ने प्रधानमन्त्रीलाई दोषी भन्न मिल्दैन। पार्टीगत रुपमा कसैलाई मुद्दा लगाइएको छैन।’ नेता नेपालले भने, ‘निर्दोष कोही पर्नु हुन्न, दोषी कोही उम्कन हुन्न।’

नेता नेपालले आफूले कहिल्यै भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताए। यस्तै उनले आफ्नो पालामा उक्त जग्गामा नयाँ मोही बनाउने निर्णय नभएको प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्