४२ लाख घूससहित अधिवक्ता रानामगर पक्राउ



२४ माघ २०७६, काठमाडौं

राजस्व चुहावट मुद्दामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनेर ४२ लाख घूस लिएका अधिवक्ता टंकबहादुर रानामगर पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जनन्यायीक कानूनी सेवा केन्द्र माइतीघरका अधिवक्ता रानामगरलाई शुक्रबार पक्राउ गरिएको बताए।

राजस्व चुहावट प्रकरणमा नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भन्दै ४२ लाख घूस लिएको परिवारको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको थापाले बताए।

अधिवक्ता रानाले गत २४ साउमा दाहालका परिवारबाट ४२ लाख घूस लिएका थिए। थुनामा रहेका दाहाललाई अदालतले २ करोड, २५ लाख धरौटी माग गरेको छ।

दाहाल २०७५ मंसिर २७ बाट थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्