एमसीसीका सहायक उपाध्यक्ष नेपाल आउँदै



तस्वीर : MCC को वेबसाइट।

२४ माघ २०७६, काठमाडौं

मिलेनियम् च्यालेञ्ज कर्पोरेसन् (एमसीसी) का सहायक उपाध्यक्ष जोनाथन ब्रूक्स नेपाल आउने भएका छन्।

पछिल्लो समय नेपालमा चर्चाको विषय बनेको एमसीसीका दक्षिण एसिया लगायतका क्षेत्र हेर्ने सहायक उपाध्यक्ष ब्रूक्स नेपाल आउने भएका हुन्।

ब्रूक्सले २४ माघदेखि २७ सम्म नेपालमा विभिन्न भेटघाट गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। नेपाल-अमेरिकाबीच भएको एमसीसी सम्झौता संसदबाट पास हुने क्रममा छ।

तर, सत्तारुढ नेकपाभित्रै यसलाई लिएर विवाद भएपछि नेकपा केन्द्रीय समितिले यसबारे अध्ययन गर्न बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ।

दूतावासले जनाएअनुसार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि भेट्ने छन्।

तस्वीर : MCC को वेबसाइट।

प्रतिक्रिया दिनुहोस्