यी महिलाः जसले गरिन् पेटले थिचेर प्रेमीको हत्या



२४ माघ २०७६, काठमाडौं

यो संसारमा मान्छेको हत्या गरेको घटना त धेरै नै सुन्दै आईरहेका छौं नै।

हत्या गर्ने तरिका पनि फरक–फरक हुन्छ। कसैले घाँटी थिचेर, हतियार प्रयोग गरेर, विष खुवाएर अन्य तरिकाहरु अपनाएर पनि मार्छन्।

तर, तपाईँले कहिले पेट प्रयोग गरेर हत्या गरेको सुन्नु भएको छ?

सायद् पेटले थिचेर मान्छेको हत्या भएको यो घट्ना पहिलो हुनसक्छ।

यो घटना अमेरिकाको पेन्सिल्भेनियामा भएको हो जहाँ एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी छिन्।

४४ वर्षीया विन्डी थोमसले आफ्नो प्रेमी किनो बटलरको पेटले थिचेर हत्या गरेकी हुन्। विन्डीको वजन १ सय ३३ किलो थियो।

जसले गर्दा उनले आफ्नो भारी पेटका कारण आफू रक्सीको नशामा रहेको र अचानक प्रेमीमाथि भुलबस थिच्दा बटलरको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्