कसरी बिर्सिने आफ्नो पूर्व प्रेमलाई?



२४ माघ २०७६, काठमाडौं

‘प्रेम’ भनेको यस्तो शब्द हो। जहाँ संसार अटेको हुन्छ।

प्रेमलाई नत देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल महसुस गर्न मात्र सकिन्छ।

प्रेम भनेको सिक्काको दुई पाटा हो। जहाँ स्वार्थ र निस्स्वार्थ दुवै समावेश हुने गर्दछ।

जब मानिस प्रेममा पर्छन्, तब उनीहरू सोच्ने गर्दछन् कि संसारलाई जित्ने शक्ति मात्र उनीहरूसँग छ।

प्रेम एउटा यस्तो महसुस हो जहाँ मानिसहरू हाँसी-खुसी रमाउने गर्दछन्।

तर जब प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूको सम्बन्ध टुट्छ तब उनीहरू नै टुट्ने गर्दछन्।

यदि तपाईँ आफ्नो पूर्व प्रेमलाई भुलेर जिवनमा अगाडी बढ्न चाहानुहुन्छ भने यी उपाय अपनाउनुहोस्।

जसले तपाईँको पूर्व प्रेमको यादलाई बिर्सी जीवनमा अगाडी बढ्न सिकाउँदछ।

सकारात्मक सोच्ने गर्नुहोस्

यदि तपाईँ आफ्नो पूर्व प्रेमलाई भुल्न चाहनुहुन्छ भने सधैँ सकरात्मक सोच राख्नुहोस्।

जसले गर्दा तपाइको ध्यान मात्र राम्रा कुरामा हुने गर्दछ।

नयाँ साथी बनाउनुहोस्

जब तपाईँको प्रेम सम्बन्ध टुट्छ तब एक्लै–एक्लै बस्ने बानी नगर्नुहोस्।

नयाँ साथीहरु बनाउनुहोस्। जुन साथीहरूसँग घुम–घाम पनि बढाउनुहोस्।

उक्त कुरा बारे आफ्नो त्यस्तो एक साथीलाई बताउनुहोस्।

जसले तपाईँलाई राम्रोसँग बुझ्नका साथै तपाईँलाई सम्झाउन पनि सक्छ।

जसकारण तपाईँलाई तपाईँको पूर्व प्रेम भुलाउन सहयोग गर्नका साथ–साथै जीवनमा पनि अगाडी बढ्न सिकाउँदछ।

नयाँ कामको सुरुवात गर्नुहोस्

तपाईँ आफ्नो पूर्व प्रेमलाई भुलाउन चाहनुहुन्छ भने सधैँ आफूलाई व्यस्त राख्नुहोस् र नयाँ कामको सुरुवात गर्नुहोस्।

जसले गर्दा तपाईँको ध्यान केवल काममा हुने गर्दछ।

पूर्व प्रेमका विशेष दिनहरूमा छुट्टै योजना बनाउनुहोस्

यदि तपाईँलाई पूर्व प्रेमका विशेष दिनहरू याद छ भने उक्त दिनमा छुटै योजना बनाउनुहोस्।

यसो गर्नाले तपाईँको ध्यान पूर्व प्रेमका विशेष दिनमा जादैंन।

सम्पर्कमा नरहनुहोस्

झुक्किएर पनि आफ्नो पूर्व प्रेमसँग सम्पर्कमा नरहनुहोस्।

यदि तपाईँ आफ्नो पूर्व प्रेमको सम्पर्क हुनुहुन्छ भने तपाईँले बिर्सिनु सक्नु हुन्न र फेरी पनि तपाईँको सम्बन्ध गाँसिने सम्भावना उच्च रहन्छ।

भौतिक चिनोहरू पनि फालिदिनुहोस्।

तपाईँको पूर्व प्रेमी वा प्रेमिकाले दिएको चिनो वा गिफ्टहरूलाई आफूले कहिले नदेख्ने गरी फालिदिनुहोस्।

जसले गर्दा तपाईँको मनको यादहरू मेटेर जानेछ।

परिवारसँग नजिक हनुहोस्

बढी मात्रामा आफ्नो परिवारसँग घुलमिल गर्नुहोस्। किनकि मात्र परिवारले तपाईँलाई बुझ्नका साथ–साथै सम्हाल्न पनि सक्छ।

त्यसैले आफ्नो परिवारसँग नजिक हुनुहोस्।

प्रतिक्रिया दिनुहोस्