ललिता निवास जग्गा प्रकरण : पक्राउ परे, साझा पार्टीका यी नेता/कार्यकता



२४ माघ २०७६, काठमाडौं

राजधानीबाट साझा पार्टीका १३ नेता/कार्यकता पक्राउ परेका छन्।

साझा पार्टीले शुक्रबार [आज] ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्यायपूर्ण निर्णय गरेको भन्दै अख्तियारको कार्यालय अगाडि प्रदर्शन गरेको थियो।
♦ साझा पार्टीका एक दर्जन नेता/कार्यकता पक्राउ
पक्राउ पर्नेमा केन्द्रीय सदस्यहरु समीक्षा बाँस्कोटा, नारायण कोईराला, प्रकाशचन्द्र परियार, शरदराज पाठक, युवा संगठनका संयोजक अब्दुस मियाँसहित युवा नेताहरु सूर्यदीप रेग्मी, सुरज प्रधान, प्रदीप थापा, रोशन बस्नेतलगायत अन्य १३ जना रहेका छन्।

पक्राउ परेका उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्