साझा पार्टीका एक दर्जन नेता/कार्यकता पक्राउ



२४ माघ २०७६, काठमाडौं

राजधानीबाट साझा पार्टीका एक दर्जन नेता/कार्यकर्ता पक्राउ परेका छन्।

साझा पार्टीले शुक्रबार (आज) ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्यायपूर्ण निर्णय गरेको भन्दै अख्तियारको कार्यालय अगाडि प्रदर्शन गरेको थियो ।

प्रहरीले प्रदर्शनमा सहभागि साझाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार, युवा संगठनका संयोजक अब्दुल मियाँसहित अन्य एक दर्जन नेता/कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्