अन्तर-विद्यालय फुटसल : प्राक्सिस क्वाटरफाइनलमा प्रवेश



२४ माघ २०७६, काठमाडौं

चौथो प्याब्सक कप अन्तर–विद्यालय छात्र फुटसल प्रतियोगितामा प्राक्सिस एकेडेमी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा प्राक्सिसले ज्ञान चक्छुलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गरेको छ । चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा भएकोे खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।

त्यस्तै सगरमाथाले प्रारम्भलाई २–१, एपेक्सले त्रिनेत्रलाई टाइब्रेकरमा ३–२, ग्रिनफिल्डले आकाश गंगालाई ५–२, भीमेश्वर एकेडेमीले जोन एकेडेमीलाई टाइब्रेकरमा ३–२, विनायकले लिटिल मुनलाई २–० र विट्स एकेडेमीले काठमाडौं विनायक शिक्षालय (केभीएस) लाई टाइब्रेकरमा ५–४ गोलले हराउदै क्वाटरफाइनलमा पुग्न सफल भए । एक प्रिक्वाटरफाइनल खेल हुन बाँकी रहेको प्याब्सकका आयोजक टोलीले जनाएको छ ।

शुक्रबार सम्पन्न हुने अन्तर–विद्यालय फुटसल प्रतियोगितामा पहिलो हुने टिमले १० हजार, दोश्रोले ८ हजार, तेश्रोले ७ हजार र चौथोले ५ हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्