युवक जिस्क्याउने मन्त्रीले दिए राजीनामा



२३ माघ २०७६, काठमाडौं

स्कटल्याण्डका अर्थमन्त्रीले वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा केही घण्टा अघि मात्रै राजीनामा दिएका छन्।

१६ वर्षे किशोरलाई सामाजिक सञ्जालमा सयौं सन्देश पठाएपछि अर्थमन्त्री डेरेक माकेले राजीनामा दिएका हुन्। उनले आफूले मुर्खतापूर्ण व्यवहार गरेको स्वीकार गर्दै राजीनामा दिएका छन्।

स्कटिस सन पत्रिकाले ४२ वर्षीय वित्तमन्त्री माकेले ती युवकलाई फेसबूक र इन्स्टाग्राममा सयौं सन्देश पठाएको खुलासा गरेको थियो। ती युवकलाई उनले ‘प्यारो’ भन्दै रग्बी म्याच हेर्न र डिनरका लागि आग्रह समेत गरेका थिए।

यद्यपि उनीमाथि कानुन उल्लंघन गरेको आरोप लागेको छैन। मन्त्रीले यस्तो घटनापछि सार्वजनिक रुपमै माफी मागेका छन्।

‘सरकारमा रहेर सेवा गर्न पाउनु ठूलो अवसर हो। र सहकर्मी र समर्थकलाई हिनतावोध गराएकोमा म क्षमाप्रार्थी छु,’ माकेले विज्ञप्तिमा भनेका छन्।

स्कटिस नेश्नल पार्टीमा उदाउँदो नेताको रुपमा चिनिएका माकेले छोटो समयमै सरकारबाट बाहिरिनु परेको हो।

प्रतिक्रिया दिनुहोस्