
२२ माघ २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठ नगर संगठन कमिटीका अध्यक्ष रबिन अधिकारी विगत २ दिनदेखि निर्माणाधिन घरको लागि ग्यारेज बनाउने क्रममा पहिरो गएपछि तनावमा परेका छन् ।

बूढानीलकण्ठ–८ हात्तीगौंडा स्थित तीन तले घरको तल्लो भागमा गाडी ग्यारेज र पानी ट्याङ्की निर्माणका निम्ति स्काभेटर प्रयोग गरि भित्तो काटीसके लगत्तै पलाएको पानीको कारण पहिरो गएपछि घर भत्किने डरले गर्दा अधिकारी परिवार तनावमा रहेको बुझिएको छ ।

घर नै भत्किने जोखिम बढेपछि ठेकेदारले दिनरात काम गरेको कारण पिल्लरको फाउण्डेशन निर्माण भईसकेको र तत्काल पानी नपर्ने भएपनि निर्माणाधीन घर खतरामुक्त रहेको निर्माण व्यवसायीले बताएका छन् ।





