जम्मू-कश्मीरमा गोली चल्यो : तीनको मृत्यु



२२ माघ २०७६, काठमाडौं

भारतको जम्मू-कश्मीरमा गोली चल्दा एक प्रहरी र दुई आतङ्ककारी मारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्कुटरमा आएका आतङ्ककारीले बुधबार दिउँसो गोली चलाउँदा एक सेन्ट्रल पोलिस रिजर्भ फोर्सका एक जवानको मृत्यु भएको हो।

आतङ्ककारीले चलाएको गोली लागेर ज्यान गुमाउनेमा बिहारका रमेश रञ्जन रहेको बताइएको छ। प्रहरीले गरेको जवाफी फाइरिङमा दुई आतङ्ककारी पनि मारिएका छन्।

घाइते अवस्थामा भाग्न खोजेका एक आतङ्ककारीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ।

प्रतिक्रिया दिनुहोस्