
२२ माघ २०७६, काठमाडौं
कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तबाट एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन्।
वुहानमा अध्ययनरत प्रमिला सुभी देवकोटाले त्यहाँ अध्ययनरत सबै नेपाली विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै पत्र लेखेको पत्रमै उल्लेख गरेकी छिन्।
पत्रमा आफूहरु कोठामा थुनिएर बसेको धेरै बितिसक्दा समेत आफ्नो देशको सरकारले उद्धार नगरेको उल्लेख छ।
“हामी यहाँ चीनको बुहेइमा भएका विद्यार्थीहरु भने रातभर तपाईँ लगायतका नेताहरुले बजाइरहेको मुररी हेरेर चिथोरिरह्यौं।” पत्रमा लेखिएको छ।
यस्तै पत्रमा जीवन गुमाउने डर प्रधानमन्त्रीलाई थाहा हुनुपर्नेसमेत उल्लेख गरेका छन्।
प्रधानमन्त्रीलाई लेखिएको पत्र।





