विवाह मन्डपमै बेहुला बेहुलीको झगडा, जन्तीले गरे तमासा [ भिडियो सहित ]



२२ माघ २०७६, काठमाडौं

भारतको तेलंगानाको एक सहरमा विवाह मन्डपमै बेहुला बेहुलीले एकआपसमा झगडा गरेका छन् ।

बेहुला बेहुलीका नातेदारबीच अचानक कुनै एक विषयमा विवाद भएपछि यो अवस्था आएको हो । दुवै पक्ष लड्न थालेपछि बेहुला र बेहुली पनि एक आपसमा लड्न थालेका हुन् ।

यो झगडा भएको अक्टोबर महिनामा हो । उनीहरुले २९ अक्टोबरमा विवाह गर्दै थिए । खासमा यो विवाद एउटा डिजेको विषयमा भएको रहेछ । प्रहरी समयमा नै त्यहाँ पुगेर विवाद साम्य भएको छ । यस विवाह मन्डपमा लड्दा घाइते भएका तीन जना अस्पतालमा भर्ना भएकाछन् । एजेन्सी..

भिडियो :

 

प्रतिक्रिया दिनुहोस्