
२२ माघ २०७६, काठमाडौं
वरिष्ठ पत्रकार दुर्गानाध शर्माको निधन भएको छ। शर्माको ७२ वर्षको उमेरमा बुधबार निधन भएको हो।
मधुमेह र ब्लड प्रेसरबाट पीडित शर्माको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको उनको मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो।
इलाममा जन्मिएका शर्माले गोरखापत्रबाट पत्रकारिता सुरु गरेका थिए। यसपछि रेडियो नेपालको समाचारवाचक हुँदै नेपाल टेलिभिजनको स्थापनाकालदेखि समाचारवाचन तथा कार्यक्रम सञ्चालनमा सक्रिय थिए।
उनी नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक समेत हुन्।





