
२१ माघ २०७६, काठमाडौं
भियग्रा अर्थात् {यौनबर्द्धक औषधि} यसको सेवन दुनियाँमा धेरै मानिसहरूलाई लाभदायक पनि भएको छ होला, तर कतिपयका लागि चाहिँ यो जिन्दगीभर नबिर्सनै पीडा बन्यो । भियग्रा सेवनका कारण भएका ४ चर्चित दुर्घटना यस्ता छन्…
१. सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भियग्राका गोली खाए । पाँच दिनसम्म उनी इन्तु न चिन्तु भए । उनलाई अस्पतालमा भर्ना गरियो । उक्त घटनापछि अहिलेसम्म पनि जिउँदै रहन सकेकोमा आफूलाई भाग्यमानी ठान्छन् डेनियल ।
२. इटालीकी एक ५० वर्षीया महिलाले आफ्नो लोग्नेलाई हँसीमजाकमै वाइनमा दुईवटा भियग्रा हालिदिइन् । उनका पतिको उमेर निकै बढी भएको थियो । जसका कारण उनलाई हृदयाघात नै हुनपुग्यो । तत्कालै अस्पताल पुर्याइएकाले ज्यान जानबाट रोकियो ।
३.घटना सन् २०१७ को हो. जर्जिना नामकी महिलालाई आफ्नो लोग्नेमाथि शंका लागिरहेको थियो । लोग्नेको साथबाट उनले भियग्राका चार गोली भेट्टाएकी थिइन् । लोग्नेले अरु कुने महिलासँग यौन सम्पर्क राख्नका लागि भियग्रा सेवन गर्ने गरेको उनको आशंका थियो । रिसको झोकमा उनले एकदिन पतिको हत्या गरिन् । टाउकोमा हथौडाले हिर्काएर उनले लोग्नेको हत्या गरेकी थिइन् ।
४.सन् २०१२ मा चर्चित लेखक जेम्स एन्ड्रयू जलले भ्यालेन्टाइन्स् डेकै दिनमा आत्महत्या गरे । रेलको लिकमा कुँदेर उनले आत्महत्या गरेका थिए । भियग्राको सेवन गर्ने गरेको पत्नीले थाहा पाएसँगै उनीसँग डिभोर्स गरेकी थिइन् । सोही पिरले उनले आत्महत्या गरेका थिए । एजेन्सीको सहयोगमा …..





