कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने



२१ माघ २०७६, काठमाडौं

कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ ।

डेढ महिना अघिसम्म दुई सय ५० रुपैयाँ किलो रहेको कुखुराको मासुको भाउ व्यापारीले चार सय २० रुपैयाँ पुर्याउँदा पनि सरकार चुप रहेको भन्दै उपभोक्ताले आक्रोश व्यक्त गरिरहेका बेला वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीलाई कारबाही थाल्ने तयारी गरेको हो ।

मूल्य बढ्नुको कारणबारे पोल्ट्री, दाना, अण्डा र कुखुरापालक सङ्घलाई स्पष्टीकरण सोधेको र मङ्गलबारसम्म चित्तबुझ्दो जवाफ नआए बुधबारबाट कारबाही प्रक्रिया थाल्ने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बिहे, वनभोजलगायतका कारण मासुको माग बढी हुने महिनामै व्यवसायीले मासुको भाउ बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्