साईबर अपराध र सुचना प्रविधि सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम उपलब्धिमूलक



२० माघ २०७६ काठमाडौं

सुचना प्रविधि सम्बन्धि जनचेतना अभिवृद्धि तथा साईबर अपराध र सुरक्षा विषयक एक दिवसीय कार्यक्रम उपलब्धिमूलक भएको छ ।

कपन क्याम्पसमा अध्ययनरत विद्यार्थी शिक्षकशिक्षिका तथा स्थानीयहरुले साईबर अपराध तथा सुचना प्रविधि सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम उपलब्धिमूलक रहेको बताएका छन् । सहभागी एक जनाले भने साईवर अपराध के हो ? कसरी यस्तो गल्ति गरिन्छ भन्ने जानकारी नभएर अफैले केही गल्ति गरेको र आगामी दिनमा यस्तो नदोहोर्याउने समेत बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि विभागले आयोजना गरेको सुचना प्रविधि तथा अपराध र सुरक्षा विषयक कार्यक्रम उपलब्धिमूलक भएको सहभागिहरुले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सुचना प्रविधि विभाग प्रमुख लोकराज शर्माले ईन्टरनेट चलाउँदा युवामा मात्र समस्या नभएर आम नेपालीकै समस्या भएको बताएका छन् । सुचना प्रविधिको युगमा हामी छौं तर यो चलाउदा साना ठुलामात्र नभएर आम नेपालीहरुले नै ध्यान दिन आवश्यक छ उनले भने, यसमा सबै सचेत रहन आवश्यक छ ।

विभाग प्रमुख शर्माले आफूलाई आवश्यक पर्ने भन्दा अन्य अनावश्यक एड तथा विभिन्न विषयमा जानकारी बिना प्रवेश नगर्न समेत आग्रह गरे । शर्माले कार्यक्रममा उपस्थितलाई सेक्युरेटीको ख्याल गर्दै सामाजिक संञ्जाल चलाउन अनुरोध गरेका थिए ।

कार्यक्रमका प्रशिक्षक सूचना प्रविधि निर्देशनालयका प्रहरी निरीक्षक सुनिल कुमार बरनवालले कार्यक्रम सम्बन्धि विभिन्न जनचेतनामूलक प्रशिक्षण दिएका थिए । उनले कार्यक्रममा उपस्थितलाई विभिन्न समयसापेक्ष तथा हाल समाजमा घटेका घटना र साईबर अपराध सम्बन्धि जानकारी गराएका थिए ।

त्यसैगरी सूचना प्रविधि विभागका अधिकृत तेजकुमार केसीले सुचना प्रविधि सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम यहाँ मात्र नभएर विभिन्न स्थानमा गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्