प्याब्सकको अन्तर-विद्यालय फुटसल प्रतियोगिता हुँदै



२० माघ २०७६, काठमाडौं

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा अन्तर-विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।

आगामी माघ २२, २३ र २४ गते लुम्बिनी फुटसल ग्राउण्ड, चुच्चेपाटीमा हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका ६४ वटा विद्यालयको सहभागिता रहने निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) अध्यक्ष गेन्द्र लामाले जानकारी दिएका छन् ।

‘यो प्रतियोगितामार्फत् देशका लागि उत्कृष्ट खेलाडीहरु जन्माउने हाम्रो लक्ष्य रहेको छ अध्यक्ष लामाले भने,  साथै विभिन्न विद्यालयहरूबीच भाईचाराको सम्बन्ध रहने प्रति हामी विश्वस्त छौं ।’

विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गर्न र अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिन यस वर्ष चौथो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको अयोजकले संस्थाका महासचिव राजेन्द्र श्रेष्ठले जनाएका छन् ।

प्याब्सकले पत्रकार सम्मेलन गर्दै “विकास, अनुशासन र गतिशीलता खेलाडिको पहिचान” “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ लुम्बिनी एकेडेमीको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको जनाईएको छ ।

कक्षा नौ सम्म अध्ययनरत विद्यार्थीहरू मात्र सहभागी रहने प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः रू १०, रू आठ, रू सात र रू पाँच हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जनाईएको छ ।

क्वाटरफाईनल पछिका खेलहरूमा भने ‘म्यान आफ दि म्याच’ छनौट गरि ट्रफि प्रदान गरिनेछ । यसका साथै सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, उदयमान खेलाडी र प्रशिक्षकहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने आयोजक प्याब्सकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्