
२० माघ २०७६, काठमाडौं काठमाडौंः
धनुषामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानसहित परिवारका ४ सदस्य पक्राउ परेका छन् ।
औरही गाउँपालिका वडा नम्बर २ देउरी टोलका मोबाइलको मेमोरी कार्डका विषयमा नन्दसँग सामान्य विवाद हुँदा अनिलकुमार पासवानले परिवारका सदस्यहरूसँग मिलेर आफ्नी श्रीमती २२ वर्षीया चिन्तामणि पासवानको हत्या गरेका हुन् ।
प्रहरीले मृतक चिन्तामणिका ३० वर्षीय श्रीमान अनिल, ५५ वर्षीय ससुरा राधाकृष्ण, ४५ वर्षीया सासू कमला र २० वर्षीया नन्द पुनितालाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।
मोबाइलको मेमोरी कार्डका विषयमा झगडा हुँदा ती चारैजना प्रतिवादीहरूले कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।





