
२० माघ २०७६, काठमाडौं
चीनमा महामारी कोरोना भाइरसको संक्रमणबाट अहिले सबैभन्दा गाह्रो चिकित्सकहरुलाई भएको छ। उनीहरु दिन–रात नभनी बिरामीको उपचारमा खटिरहेका छन्।
तर अन्न पानीको शरिर न हो, डाक्टरलाई पनि आराम चाहिन्छ, केही मिनेट नै सही निद्रा अपरिहार्य छ।
तर बेफुर्सदका बीच उनीहरु जसरी आराम गरिरहेको भेटिएका छन्, त्यो देख्दा सर्वसाधारणको मन कुँडिएको छ।
डाक्टरहरुले आराम गरिरहेका तस्बिर सामाजिक संजालमा पोष्ट गर्दै सर्वसाधारणले लेखे यस्तो स्टाटसः

‘उनीहरु हाम्रो लागि लडिरहेका छन्
उनीहरु भाइरससँग पैंठेजोरी खेलिरहेका छन्
उनीहरु अभिभावक हुन्, छोरा हुन्, छोरी हुन्
उनीहरुलाई सबैकुरा सफा र चिटिक्क भएको मनपर्छ
तर यो दुःखको घडीमा
यस्ता सुताईहरु जताततै देख्न सकिन्छ
उनीहरु डाक्टर र नर्स हुन्
जब भाइरसको उत्पत्ति भयो
तब उनीहरुले सुरक्षार्थ क्वारेन्टाइन सुट लगाउन सुरु गरे
बिरामीलाई मृत्युबाट जोगाउँदै
उनीहरु आफैं पनि मृत्यु र भाइरससँग जुधिरहेका छन्
हामीहरुको उनीलाई सम्मान गर्नै पर्छ।’










