बिहानै झुक्किएर पनि नखानुहोस् यी खानेकुरा, बन्छ विष बराबर



१९ माघ २०७६, काठमाडौं

तपाईँ हामी खानेकुरा खाँदा खासै ध्यान दिदैनौं। विहान खाली पेटमा के खानु हुन्छ? के हुँदैन?

यो सबै छुट्टयाएर खाने मान्छे सायद् यहाँ कमै मात्रामा होलान्। कहिले–काहीँ केहि खानेकुरा खाएपश्चात् कहिले अप्ठयारो महसुस गर्ने गरेका छौँ पनि।

त्यसैले, स्वास्थ्यलाई उचित तरिकाले ख्याल गर्ने हो भने खानु अघि कति बेला कसरी खाने भन्ने कुरामा ध्यान दिनु आवश्यक छ।

बिहान सबेरै उठदा शरिरमा एसिडको मात्रा धेरै हुन्छ। यस्तो मा एसिड बढाउने खानेकुरा खान नहुने चिकित्सकहरु बताउँछन्। नत्र एसिडिटी बढाउने काम हुन सक्छ।

तपाईँलाई थाहा छ कि, विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ। विश्वभर २० लाख मानिस मोटोपनको नराम्रो शिकार भइरहेका छन्।

यसको मूख्य कारण हो– आहार–विहार। खाने खाना र रुटिन मिलेनभने हामीलाई खानाकै कारण स्वास्थ्यमा विभिन्न समस्याहरु देखिन थाल्छन्।

चिकित्सकहरुका अनुसार, बिहान उठ्ने बित्तिकै नखानुहोस् यी खानेकुराः

-मसालेदार खाना

-चिसो पेय पदार्थ

-अमिलो फल

-चिया–कफी

-चिनी र अत्याधिक गुलिया मिठाई

-खर्बुजा

-केरा

-सुन्तला

-सखरखण्ड

-दुध

-टमाटर

-सोडा

-औषधि

-रक्सी

-दही

प्रतिक्रिया दिनुहोस्