तीनसय किलो तौलबाट यसरी घटाइन् यी महिलाले सय किलो



१९ माघ २०७६, काठमाडौं

मोटोपनका कारण धेरै मानिसले हैरानी खेप्नु परेको छ। मोटोपन घटाउनका लागि धेरै मानिसहरुले डाइटिगं गरेका हुन्छन।

मोटोपना भईसकेपश्चात् धेरै मानिसहरु चिन्तामा हुन्छन् तर भारतमा भने एक महिलाले ३०० किलो तौल घटाएर ८६ किलोमा झारेकी छिन।

भारतकी ४२ बर्षीया अमिता राजानी नाम गरेकी एक महिलाले ४ बर्षमा ठुलो मेहनत गरेर एकैपटक ३०० किलो तौल घटाएर ८६ किलोमा झार्न सफल भएकी छिन्।

उनी जन्मदा ३ किलो भएपनि उमेर बढ्दै जादा अस्वभाविक रुपमा तौल बढदै गएको थियो। तौल बढ्दै गएपश्चात् उनी निकै चिन्तामा रहिन।

तौल पनि यत्ति बढ्यो की अमिता १६ बर्षको हुँदा उनको तौल १२६ किलो भयो। उनको त्यो तौल देख्दा उनी आफैलाई आत्मग्लानी हुन्थ्यो।

अमिता मोटोपनाको कारण मधुमेह , निमोनिया, मृगौला सम्बन्धी रोग , मानसिक तनाव जस्ता विभिन्न समस्याले गुज्रिरहेकी थिइन्। उनले आफ्नो तौल घटाउनका लागि २ चरणमा सर्जरी गराएकी छिन्।

पहिले मेटाबोलिक सर्जरी गराएपश्चात् उनको शरिरमा सुधार आउदै गयो र दोस्रो पटकको सर्जरीमा उनको ग्यास्ट्रिक बाइपास गरिएको हो।

उक्त समयमा अमिताको शारीरिक तौल ३०० केजीबाट घटेर १४० पुगेको थियो। अन्ततः विभिन्न सर्जरी र शारीरिक ब्यायामले गर्दा उनले ३०० बाट आफ्नो शरिरको २१४ किलो वजन घटाई ८६ किलोमा झारेकी हुन्।

प्रतिक्रिया दिनुहोस्