
१९ माघ २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ।
अध्यक्षद्वयको छलफललगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक शुरु भएको छ। अध्यक्षद्वयबीच एमसीसीका विषयमा पछि सचिवालय बैठकले निर्णय लिने विषयमा छलफल भएको स्रोतको भनाई छ।
केन्द्रीय समिति बैठकमा सबै समूहले अहिलेकै अवस्थामा एमसीसी सदनबाट पारित गर्न नहुने सुझाव राखेपछि अध्यक्षद्वयबीच यस्तो सहमति बनेको हो।
यसैबीच दोस्रो पूर्ण बैठकको समापन र नेतृत्वको जवाफका विषयमा छलफल गर्न सचिवालय बैठक शुरु भएको छ। आज अन्तिम दिन बैठकमा अध्यक्ष तथा महासचिवले जवाफ दिएपछि समापन गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए।





