अदुवा चियाको चमत्कारिक फाईदा



१८ माघ २०७६, काठमाडौं

अधिकांश मानिसमा चिया पिउने लत छ। कतै भेटघाट होस् वा स–साना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ।

तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईँको शरिरलाई समेत फाइदा पुर्‍याउँछ।

फाईदाः

-चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ।

-अदुवा हालेको चिया पिउँदा पेट दुखेको कम हुन्छ।

-अदुवा हालेको चियाले पिउँदा तनाव समेत कम हुन्छ।

-अदुवा चियाले श्वाप्रश्वास राम्रो बनाउँन मद्दत मिल्छ।

-अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुँदा चियामा यसको प्रयोग लाभदायक मानिन्छ।

-कुनै यात्रामा निस्कनु अघि अदुवा हालेको चिया उपभोग गरेमा बान्ता हुँदैन।

-अदुवासहितको चियाले मोटोपना कम गर्द मद्दत मिल्छ।

-अदुवामा एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण हुन्छ जसले रोगबाट बचाउँछ।

-यसले जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ।

-अदुवा चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ।

-यसले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्दछ।

-अदुवा हालेको चिया खाएमा रक्तसञ्चारमा सहयोग पुग्दछ।

-यसले पाचन प्रक्रियामा सुधार ल्याउँने गर्दछ ।

-अदुवा हालेको चिया सेवन गर्दा अल्जाइमर हुने संभावना कम हुन्छ ।

-यसको सेवनले अनियमित हुने महिनावारीलाई नियमित समेत बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्