२० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेपछि…….



१८ काठमाडौं २०७६, काठमाडौं

बिहेको विषयमा कुरा गर्दा केटा–केटीको उमेरको अन्र्तरलाई महत्व दिइन्छ। सामान्यतयाः केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ।

कहिले–काहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ। तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वीकार गरिँदैन।

भारतको मुरादाबादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन्।

रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ। युवक हरदोइका भएको बताइएको छ। यी दुई मिसकलको माध्यमबाट एक अर्काको नजिक भएका थिए।

यी युवकले दुई वर्ष पहिले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए। यही क्रममा गल्तीवश फोन अन्तै गयो।

६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपश्चात् दुवैबीच फोनमा कुरा हुन थाल्यो।

फोनमा कुरा बढ्दै जाँदा दुवै नजिकिँदै गए। महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन्।

महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपश्चात् युवक आफूसँगै बस्नुपर्ने बताइन्। युवक पनि यसको लागि तयार भए।

गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर यसको विरोध गरिन् ।

विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्