अमेरिकाको घोषणा : चीन भ्रमण गरेका विदेशीलाई भिसा नदिने, हजारौं नेपाली प्रभावित



१८ माघ २०७६, काठमाडौं

अमेरिकाले हालसालै चीनको भ्रमण गरेका विदेशीलाई भिसा नदिने घोषणा गरेको छ।

अमेरिकाले उक्त निर्णय गरेसँगै चीनले अमेरिकाको निर्णयप्रति आपत्ति जनाएको छ। यो निर्णयले हालै चीन भ्रमण गरेका हजारौं नेपाली पनि प्रभावित हुने भएका छन्।

व्यापारयुद्ध चलिरहेका बेला कोरोना भाइरसको कारण देखाउँदै संक्रमण पहिले चीन भ्रमण गरेका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा निषेध गरिएपछि चीनले आपत्ति जनाएको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार कोरोना भाइरसको प्रकोपलाई जनस्वास्थ संकटकाल घोषणा गर्दै त्यो भन्दा अघि चीन भ्रमण गरेका विदेशी नागरिकलाई पनि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

अमेरिकाले अल्पकालीन रुपमा यो निर्णय लागू हुने जनाए पनि कति समयसम्म चीन भ्रमण गरेका विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको भन्ने बारेमा प्रष्ट पारेको छैन।

तर, कोरोना भाइरस संक्रमण फैलिएको समयलाई भने दुईहप्ता भनेर किटान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी नागरिकलाई भने प्रतिबन्ध लगाइएको छैन।

अमेरिकामा बस्नेका नजिकका नातेदारलाई भने प्रतिबन्ध नलगाइएको अमेरिकी अधिकारीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्