
१८ माघ २०७६, काठमाडौं
पराइकै भिख उनलाई खास हुँदैछ रे ।
अति बिवादित त्यो एमसीसी पास हुँदैछ रे ।।
लिलामी भो शहरमा बक्सिससँगै क्रान्ती पनि ।
योद्धा जमात सगौरब दास हुँदैछ रे ।
कुन्नी केले उक्साउँछ खै बुझ्नै अति बिघ्न लौ ।
नायकहरुकै बुद्धि बिवेक सर्बनास हुँदैछ रे ।।
जनताको मुक्तिका दुहाइ दिनेहरु समेत ।
ङिच्च पर्दा जनमतकै उपहास हुँदैछ रे ।।
भो चाहिएन तिम्रो भिख फिर्ता लैजाउ भन्दा पनि ।
स्वार्थी त्यो पराइ झनै आसपास हुँदैछ रे ।।
अति बिवादित त्यो एमसीसी पास हुँदैछ रे ।





