कोरोना भाइरसविरुद्धको खोप बनाउन अहोरात्र काम



१७ माघ २०७६, काठमाडौं

केही वर्ष पहिलेसम्म कुनै पनि रोग देखिएपछि त्यो विरुद्धको एउटा खोप वर्षौंपछि बनाइन्थ्यो।

तर, विज्ञानले सबैलाई सजिलो बनाइदिएको छ। यो समय चीनमा महामारीकै रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्धको खोप वैज्ञानिकहरुले बनाइरहेका छन्।

अहिले भाइरस नियन्त्रण गर्ने उद्देश्यले खोपको विकास गर्न वैज्ञानिकहरू अहोरात्र काम गरिरहेका बीबीसीले जनाएको छ।

अमेरिका र अष्ट्रेलियाका वैज्ञानिकहरू आफूले विकसित गरिरहेको खोप मानिसमा यथाशीघ्र परीक्षण गर्न सकिन्छ भन्ने आशामा छन्।

प्रतिक्रिया दिनुहोस्