
१७ माघ २०७६, गोरखा
गोरखामा टिपरले किचेर एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयले २६ वटा टिपर र स्काभेटरमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन्।
गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो।
मृतक घरबाट बजारमा दुध बेच्न हिँडेकी शुक्रबार बिहान टिपरले किचेको हो । तामाङको मृत्यु भएपछि सयौँजनाको आक्रोसित भीडले उक्त टिपरमा आगजनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएका छन् ।





