सिन्धुलीमा जीप दुर्घटना, सप्तरीका सहलेखापालको मृत्यु



१७ माघ २०७६, काठमाडौं

सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कन्चनपुर नगरपालिका ६ सप्तरीका ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् । पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरकोे जीप दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक स्यामबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा चालक सोही ठाउँका ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् । उनलाई उद्धार गरी सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको छ।

मृतक चौधरी कन्चनपुर नगरपालिका सप्तरीका सहलेखापाल हुन् । जीप सकडबाट झण्डै सय मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया दिनुहोस्