विवाह अगाडि हुनेवाला जीवन साथीसँग सोध्नै पर्ने यी प्रश्न



१६ माघ २०७६, काठमाडौं

हरेक पुरुष होस् या महिला आफ्नो जीवनसाथीसँग सुखमय बितोस भन्ने त चहान्छन् नै।

जुन सुखमय जीवनका लागि दुई पार्टनबीचमा कुनै समस्या हुनु उपयुक्त हुँदैन।

प्रेम विवाह वा सम्बन्धमा हुनुहुन्छ भने त तपाईँले प्रेमीको चालचलन र व्यवहारबाट नै धेरै कुरा थाहा पाउनु भएको हुनेछ। तर मागी विवाहको क्रममा हुनुहुन्छ भने त तपाईँले तपाईँको भावी जीवन साथीका बारेमा धेरै कुरा थाहा पाउनु भएको हुनेछैन।

त्यसैले, वैवाहिक जीवनमा पनि समस्या देखा पर्न सक्छ।

त्यसकारण तपाईँले केही सावधानी अपनाउन आवश्यक हुन्छ र पार्टनर हुन लागेको व्यतिका बारेमा धेरै जानकारी लिनका लागि केही विषयबारे सोध्नु पर्ने हुन्छ।

जसकारण तपाईँको आगामी दिनहरु सुखपूर्वक वित्ने छ।

विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथी सँग सोध्नुहोस् यी प्रश्न:

तपाईँको अभिभावकले पैसाको मामलामा बचपनमा कति छुट दिनुभयो?

हुनेवाला जीवनसाथीसँग उसको घरपरिवारले पैसाको विषयमा कस्तो दृष्टिकोण राख्छन् र बचतलाई कति महत्व दिन्छन् जान्ने कोशिस गर्नुहोस्।

जसले गर्दा उसको व्यवहारको बारेमा बुझ्न तपाईँलाई सजिलो हुनसक्छ।

कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने?

पैसासँग सम्बन्धित धेरै जिम्मेवारी हामी सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ।

यदि तपाईँको परिवारले तपाईँलाई पढाउन कर्जा लिनुभएको छ भने त्यो तिर्नु नै पर्दछ।

खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ? 

पैसा खर्च गर्ने बानी श्रीमान–श्रीमतीबीचको झगडाको विउ बन्छ।

यसकारण खर्च गर्ने समयमा कति आफूसँग पैसा बाँकी छ वा क्रेडिट कार्डबाट खर्च गर्ने बेलामा कार्ड चेक गर्ने बानी छ कि छैन थाहा पाउनुहोस्।

पैसासँग सम्बन्धित भविष्यको योजना के छ?

घर किन्ने, बच्चा प्लानिङ्, रिटायर्डमेन्ट र आकस्मिक अवस्थाको बारेमा खुलेर कुरा गर्नुहोस्।

विवाहपश्चात् पढ्ने इच्छा छ भने त्यसको विषयमा पनि कुरा गर्नुहोस्।

विवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ? 

आफ्नो हुनेवाला जीवनसाथीलाई तपाईँ विवाहमा गरिने खर्चको बारेमा के सोच्नुहुन्छ बताउनुहोस्।

यदी आफ्नो बचतको ठूलो रकम यसमा खर्च गर्नुहुन्छ भने यो कुरा भने भन्नुहोस्।

बिवाहमा हुने खर्च वा अन्य बिषयमा खुलेर कुरा गर्नुहोस्। जसले गर्दा पछि आउने समस्याबाट छुट पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्