फोक्सोमै हुन्छ धुम्रपानबाट हुने क्यान्सर निको पार्ने चमत्कारी क्षमता: अध्ययन



१६ माछ २०७६, काठमाडौं

धुम्रपान सेवन गर्दा शरिरलाई पर्ने असरमध्येको एक हो– फोक्सोको क्यान्सर

हालसालै वैज्ञानिकहरुले गरेको एक अध्ययनका अनुसार, धुम्रपानका कारण फोक्सोमा परेको क्षति निको पार्न मानव शरिरमा चमत्कारी क्षमता हुने गरेको पत्ता लगाएका छन्।

तर, यस्तो चमत्कारी क्षमताको प्रभावकारिता भने धुम्रपान त्यागेपश्चात् मात्रै सम्भव हुने अनुसन्धानमा संलग्न वैज्ञानिकहरुको भनाइ छ।

यसअघि धुम्रपानले फोक्सोमा स्थायी रुपमै क्षति पुर्‍याउने गरेको भन्ने गरिन्थ्यो।

तर, नेचर जर्नलमा प्रकाशित शोधमा उल्लेख भएअनुसार धुम्रपानबाट क्षतिग्रस्त नभएका कोषहरुले धुम्रपानका कारण क्षतिग्रस्त कोषहरुलाई निको पार्न सहयोग गर्ने पाइएको छ।

गेट्टी ईमेज शोधमा उल्लेख भएअनुसार फोक्सोमा मात्रै यस्तो जादुमयी क्षमता हुन्छ, जसले धुम्रपानबाट क्षतिग्रस्त कोषलाई निको पार्न सक्छ।

वैज्ञानिकहरुका अनुसार ४० वर्षसम्म दैनिक २० खिल्ली चुरोट पिउने व्यक्तिमा समेत यस्तो सकरात्मक प्रभाव परेको देखिएको छ।

यद्यपि, धुम्रपान त्याग्दैमा फोक्सोको क्यान्सरसँग सम्बन्धित सबै खतरा भने नटर्ने वैज्ञानिकहरुको भनाइ छ।

अनुसन्धानमा संलग्न स्याङ्गर इन्स्टीच्यूटका विज्ञ चिकित्सक पिटर क्याम्पबेलले फोक्सोको उक्त क्षमता साँच्चिकै चमत्कारी भएको बताए।

अनुसन्धानकर्ताहरुले धुम्रपानका कारण क्षतिग्रस्त भएका फोक्साका कोषमध्ये कति प्रतिशत निको हुन सक्छन् भन्ने विषयमा भने अकलन गर्न बाँकी रहेको बताएका छन्।

सूर्तीमा भएका हजारौं रसायनले मानिसको फोक्सोमा भएका आनुवंशिक गुण बोक्ने डीएनएलाई बिगारिदिन्छन्। जसका कारण ती स्वस्थ्य कोषबाट क्यान्सरजन्य कोष बन्न थाल्छन्।

प्रतिक्रिया दिनुहोस्