
१६ माघ २०७६, धादिङ
धादिङमा जन्ती गएको एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका–५मा जन्ती गएका अन्दाजी ३५ वर्षीय शम्भु थापामाथि खुकुरी प्रहार भएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
घाइते थापालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्राण्डी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहे पनि अहिलेसम्म एक जना पनि पक्राउ पर्न सकेका छैनन्।
खुकुरी प्रहार आनन्द थापाको समूहबाट भएको हुनसक्ने भन्दै उनीहरुको खोजी भइरहेको एसपी रेग्मीले जानकारी दिएका छन् । वर्षौ पुरानो रिसिइबीका कारण खुकुरी प्रहार भएको स्थानीयले बताए पनि कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।





