
१६ माघ २०७६, एजेन्सी
बंगलादेशको एक समाजमा अनौठो परापूर्वकालदेखि नै चलिआएको परम्परा छ । जहाँ सुन्दा नि विश्वास समेत लाग्दैन तर यो यथार्थ हो ।
बंगलादेशको एक समाजमा छोरी नै आफ्नै आमाको सौता बन्छन् अर्थात आफ्नै बाबुसँग छोरीले बिहे गरेर बस्छिन् । अङ्ग्रेजी वेवसाइट द गार्डियनका अनुसार बंगलादेशको मंडी जातिमा यो अचम्मको संस्कार छ । यो परम्परादेखि नै यसरी चल्दै आएको छ ।
जब छोरीहरुको विवाह गर्ने उमेर हुन्छ तब आफ्नै बुबा दुलाहा अनि आमा-छोरी दुलही बनाई एउटै मण्डपमा राखेर विवाह गराइदिन्छन् । कुनै महिलाको पति कम उमेर मै मृत्यु भयो भने उनले आफ्नो पतिको खानदानकै एक कम उमेरको पुरुषसँग बिहे गर्नुपर्छ ।





