जेसीआई इमाडोलको अध्यक्षमा सोनितराज ढुंगेल निर्वाचित



१५ माघ २०७६, काठमाडौं

जुनियर च्याम्बर इन्टरनेशनल (जेसीआई) इमाडोलको नवौँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमबाट अध्यक्षमा सोनितराज ढुंगेल निर्वाचित भएका छन् । ढुंगेलको अध्यक्षतामा १० सदस्ययीय कार्यसमिती समेत गठन भएको छ ।

नवनिर्वाचित कार्यसमितिको नामावली :
अध्यक्ष :
सोनितराज ढुंगेल
कार्यकारीणी उपाध्यक्ष : कृती भट्टराई, इच्छा गुरुङ
उपाध्यक्ष : सन्जु कुइकेल, कृपा तिवारी, सुमी ढुंगाना, मेनुका बस्नेत
कानुनी सल्लाहकार : राजु सुवेदी,
महासचिव : सुदन थापा
कोषाध्यक्ष : बिना दाहाल
तालिम संयोजक : प्रकाश आचार्य

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीसमा पूर्व अध्यक्ष राजु केसी, एरिया सीका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सोभा खरेल, एरिया सीका राष्ट्रिय उपाध्यक्ष शिव प्रसाद भुसाल, राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेल, राष्ट्रिय उपाध्यक्ष राम बहादुर बोगटी, मातृशाखा सितापाइला जेसीसका अध्यक्ष अभिसेक दुलाल, वडाअध्यक्ष लक्ष्मण रोका लगायत जेसीससंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जेसी रमा प्याकुरेल, जेसी विकाश मानान्धर, जेसी अमिश ढकाल र गौरीदेवी ढुंगानालाई सम्मान गरिएको थियो । कार्यक्रममा २०१९ की अध्यक्ष सावित्री ढुंगानाले २०२० नवनिर्वा्चित अध्यक्ष सोनीतराज ढुंगेललाई सपथ ग्रहणसँगै जेसीज चेन हस्तान्तरण गरेकी थिइन् । यस्तै आफ्नो सपथ पश्चात अध्यक्ष ढुंगेलले आफ्नो कार्यसमितीलाई सपथ ग्रहण गराएका थिए । मेगा टेलिभिजनको शिक्षा विभाग प्रमुख रहेका ढुंगेल भवानी इन्टरटेडमेन्टका अध्यक्ष तथा शिक्षा उद्यमी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्