नेकपा बैठकमा प्रधानमन्त्रीद्वारा एमसीसी सम्झौताको बुँदा वाचन, विवाद नगर्न आग्रह



१५ माघ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको प्रमाणसहित भारतलाई पत्राचार गरिएको बताएका छन्।

नेकपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले सीमा समस्या समाधानका लागि सरकारले आफ्नोतर्फबाट पहल र प्रयास जारी राखिरहेको बताएका हुन्।

‘प्रमाणहरुले लिपुलेक, कालापानी र लिम्पियाधुरासमेतको भूभाग हाम्रो नै देखाउँछ।’ उनले भनेका छन्, ‘त्यो तथ्य प्रमाणहरुका आधारमा भारतसँग दावी गरेका छौं। संवादहरु अगाडी बढाएका छौं।‘

प्रधानमन्त्री ओलीले भारतसँगको सीमा समस्या चाँडै समाधान हुने विश्वास समेत व्यक्त गरेका छन्। यस्तै उनले वर्तमान सरकारले राष्ट्रियताका बारेमा कसैसँग सम्झौता नगर्ने भन्दै संवादका माध्यमबाट सीमा समस्या समाधान गर्न सकिने बताए।

सीमा सुरक्षाका लागि विभिन्न स्थानमा २ हजार ३५ नयाँ सीमा स्तम्भ थपिएको पनि उनले स्मरण गराए। प्रधानमन्त्री ओलीले चीन सरकारसँग सीमा नाका संचालनमा पनि सहमति भएको बताएका छन्।
⇒ नेकपा केन्द्रीय कमिटी बैठक शुरु
आफ्नो नेतृत्वको सरकार राष्ट्रवादी र सत्यवादी सरकार भएको पनि उनले दावी गरे। ‘सत्यका लागि बोल्न नडराउने र आँट गर्ने सरकार यो हो।’ प्रधानमन्त्रीको भनाई थियो।
⇒ ‘बम पड्काउनेलाई नियन्त्रण गर्दैछौं’
एमसीसीका सर्तहरुका बारेमा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा लगानी हुने र लोकतान्त्रिक मुलुकमा हुनुपर्ने व्यवस्था अनुसार नेपालले एसीसी स्वीकार गरेको बताए।

‘सन् २०१२ मा एमसीसी अन्तर्गत अमेरिकी डलर ५ सय मिलियनसम्मका छनौट गरेको हो।’ प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो। उनले २०७४ भाद्र २९ मा तत्कालीन नेपाल सरकारका अर्थमन्त्रीले हस्ताक्षर गरेका बताउँदै त्यसैअनुसार ५ सय मिलियन अमेरिकी डलर अमेरिकाले प्रदान गर्ने भन्दै यो सहयोग कुनैपनि सैन्य संगठनमा नजोडिने दावीसमेत गरे।
⇒ ‘यती होल्डिङ्ससँग हाम्रो मितेरी साइनोजस्तो व्याख्या गरियो’
त्यसक्रममा उनले एमसीसी अन्तर्गत सडक र विद्युतमा खर्च गर्नुपर्ने भन्दै यो यसअघि नै पास गर्नुपर्ने भएपनि पास गर्न नसकिएकोप्रति खेद व्यक्त गरे। ‘जसले गर्दा अहिले विवाद भइरहेको छ।’ उनले भने।
⇒ नेकपाको एकता महाधिवेशन अर्को वर्षको चैत्रमा गर्ने अध्यक्षद्वयको प्रस्ताव
यस्तै उनले सम्झौताको बुँदा वाचन गर्दै उक्त बुँदाहरुमा विवाद नचुल्याउन आग्रह पनि गरे।

प्रतिक्रिया दिनुहोस्