नेकपाको एकता महाधिवेशन अर्को वर्षको चैत्रमा गर्ने अध्यक्षद्वयको प्रस्ताव



१५ माघ २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता महाधिवेशन अर्को वर्षको चैत्र २५–३०मा गर्ने प्रस्ताव पेस भएको छ।

आज (बुधबार) देखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा यस्तो प्रस्ताव गरिएको हो। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा एकता महाधिवेशन अर्को वर्षको चैत्र २५–३० मा गर्ने प्रस्ताव गरिएको छ।

त्यसअघि २०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय तह र प्रदेश कमिटीका अधिवेशन सम्पन्न गरिसक्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्