‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएकी विमोचनाको नयाँ गीत रिलिज (भिडियो)



१५ माघ २०७६, काठमाडौँ

विमोचना लोम्जेललाई अहिले नचिन्ने सायद कमै छन् होला । ‘भैसीँ लड्यो है माया’ बोलको गीत सुन्दा सबैलाई विमोचनाको नाम याद आउँछ ।

द भ्वाइस अफ नेपाल सिजन २ को ब्याटल राउण्डसम्म पुगेकी विमोचनाले ब्लाइन्ड अडिसन बाट नै दर्शकको सर्वाधिक माया पाउन सफल भएकी थिइन् ।

उनै विमोचनाको नयाँ गीत बजारमा रिलिज भएको छ । अनमोल लोम्जेलको शब्द र संगीत रहेको तिमी बोलको गीतमा विमोचनाको आवाज रहेको छ । निकै नै राम्रो गीतमा विमोचना नै फिचर्ड छिन् ।

प्रतिक्रिया दिनुहोस्