सरस्वती पूजाका दिन त्रि–ज्योति माविमा भव्य कार्यक्रम हुँदै



१५ माघ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित त्रि–ज्योति माध्यमिक विद्यालयले सरस्वती पूजाको पावन अवसरमा पुरस्कार वितरण, साँस्कृतिक कार्यक्रम, सरस्वती पूजा एवम् प्रसाद वितरणको कार्यक्रम आयोजना गर्दैछ ।

नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा आयोजना गरिने उक्त कार्यक्रममा कक्षा नर्सरीमा अध्ययन गर्ने कलिला विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नाका लागि शैक्षिक वर्ष २०७७ को लागि नयाँ भर्नाको व्यवस्था गरिएको छ ।

पुस्तक ज्ञानको अतिरिक्त व्यवहारिक, प्रयोगात्मक, सिर्जनशील एवम् सहभागीतामूलक शैक्षिक प्रणालीलाई व्यवहारमा उतार्दै ‘Doing by Learning System’ का माध्यमबाट बालबालिकाको चौतर्फी विकासका निम्ति सक्रिय रहेको त्रि–ज्योति माध्यमिक विद्यालय स्नेह, ज्ञान र नेतृत्वका माध्यमबाट विगत २५ वर्षदेखि यस क्षेत्रको शैक्षिक विकासमा तत्लीन रहेको र भोलिका दिनमा पनि अझैं सक्रियतापूर्वक अगाडि बढ्ने विश्वास विद्यालयका प्रचार्य गणेश कुमार मिश्रले जानकारी गराएका छन् ।

विहान १० बजेबाट विद्यालय प्राङ्गणमा आयोजना गरिने उक्त कार्यक्रममा सामाजिक, शैक्षिक, साहित्यिक एवम् विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छ । अभिभावकहरुको वृहत उपस्थितिका विचमा विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने वालवालिकाहरुलाई मेडल, प्रमाण–पत्रद्वारा सम्मान समेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्