‘बम पड्काउनेलाई नियन्त्रण गर्दैछौं’



१५ माघ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति सुरक्षा सुदृढ बन्दै गएको दावी गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति सुरक्षाका हिसाबले नेपाल सुदृढ बन्दै गरएको दावी गर्दै १२ औं स्थान माथि उक्लिएको स्मरण पनि गरे।

उनले विश्वका १६५ मुलुकमध्ये शान्ति सुरक्षाका दृष्टिकोणले नेपाल शान्ति सुरक्षा मजबुत भएको ७६ औं स्थानमा रहेको जिकिर गरे। “सुरक्षा इन्डेक्समा नेपाल १२ औं स्थान माथि उक्लिएको छ।” ओली भने, ‘एक सय ६५ देशमध्ये नेपाल ७६ औं स्थानमा छ।’

उनले शान्ति सुरक्षाका दृष्टिकोणले बंगलादेश, चीन, भारत, पाकिस्तान नेपालभन्दा तल रहेका पनि बताएका छन्। प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेकपातर्फ लक्षित गर्दै टावर पड्काउने, बम विष्फोट गर्ने, चन्दा अशुली गर्ने समूहलाई नियन्त्रण गरे नेपालको शान्ति सुरक्षाको अवस्था अझै मजबुत बन्ने पनि जिकिर गरे।

‘केही टावर पड्काउने, ब्लास्ट गर्ने, चन्दा अशुली गर्नेलाई नियनत्रण गर्दैछौं।’ उनले भने, ‘नियन्त्रण गरे अझै शान्ति सुरक्षा मजबुत हुन्छ।’

प्रतिक्रिया दिनुहोस्