नेकपा केन्द्रीय कमिटी बैठक शुरु



१५ माघ २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक शुरु भएको छ।

बैठक काठमाडौंस्थित राष्ट्रिय सभागृहमा शुरु भएको हो। नेकपामा ४४५ सदस्यीय केन्द्रीय कमिटी छ।

पार्टी कार्यालय धुम्बाहरीमा नअट्ने भएपछि नेकपाको केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा राखिएको हो।

आज (बुधबार) बाट शुरु भएको बैठक २० गतेसम्म चल्ने बताइएको छ। गत मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय समितिको बैठक राख्ने निर्णय गरेको थियो।

तर, पुस २० गते बसेको नेकपाको सचिवालयले तयारी नपुगेको भन्दै माघ १५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।

तत्कालीन नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)को एकताबाट बनेको नेकपाको अनुमोदनको लागि २०७५ जेठ ३ गते केन्द्रीय समितिको बैठक राखिएको थियो। पार्टी एकतापछि अहिले दोस्रो पटक केन्द्रीय समितिको बैठक बोलाइएको हो।

नेकपाको अन्तरिम विधानमा ६र६ महिनामा केन्द्रीय समितिको बैठक राख्नुपर्ने व्यवस्था छ। यस पटकको केन्द्रीय समितिको बैठकमा विधान संशोधन, राजनीतकि प्रतिवेदन लगायतका एजेन्डा रहेको नेकपाले जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्