सापकोटाविरुद्धको विवरण ३० दिनभित्र पठाउन आदेश



१५ माघ २०७६, काठमाडौं

हत्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश भएको मितिले ३० दिनभित्र प्रगति विवरण पठाउन आदेश दिएको हो ।

व्यक्ति हत्याजस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई व्यवस्थापिका संसद्को शीर्ष नेतृत्वमा पदासीन गराउने गैरसंवैधानिक, गैरकानुनी र अन्तर्राष्ट्रिय मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्